School Logo

श्री शारदा माध्यमिक विद्यालय, बैयाबेहडी, धनगढी–कैलाली
श्री शारदा माध्यमिक विद्यालय कैलाली जिल्लामा रहेको विद्यालय हो । यसको स्थापना वि.सं. २०३२ सालमा भएको थियो । विद्यार्थीहरूलाई गुणस्तरीय, व्यवहारिक र समयअनुकूल शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको एक प्रतिष्ठित शैक्षिक संस्था हो। विद्यालयले प्रारम्भिक शिक्षादेखि लिएर प्राविधिक तथा व्यवसायिक शिक्षासम्मको अवसर उपलब्ध गराउँदै आएको छ।

यहाँ प्राथमिक तहदेखि माध्यमिक तथा उच्च माध्यमिक तहसम्म नियमित शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। साथै, आधुनिक सीप र रोजगारीसँग प्रत्यक्ष जोडिने प्राविधिक तथा कृषि विषयहरूमा विशेष ध्यान दिइएको छ।

विद्यालयमा निम्न तह तथा कार्यक्रमहरूमा पठनपाठन हुँदै आएको छः

प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक स्तरका साथै
कक्षा ११ र १२ (जनरल स्ट्रिम) मा शैक्षिक कार्यक्रम सञ्चालनमा छन्।

यसका अतिरिक्त, विद्यार्थीहरूलाई व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गर्न
I.Sc. Agricultural,
कम्प्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा,
प्रि–डिप्लोमा कृषि,
ICT (Information and Communication Technology) विषयहरू पनि पढाइन्छ।

विद्यालयले योग्य तथा अनुभवी शिक्षक, अनुशासित शैक्षिक वातावरण, र आधुनिक आवश्यकताअनुसारको शिक्षण पद्धतिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ।

सामुदायिक बिद्यालयको प्राविधिक धार |
दक्ष जनाशक्ति उत्पादनको बलियो आधार ||